दफा ११
उत्पादन गर्दा पालना गर्नु पर्ने शर्त तथा मापदण्ड
अनुमतिपत्र प्राप्त व्यक्तिले तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन गर्दा देहायका शर्त तथा मापदण्ड पालना गर्नु वा गराउनु पर्नेछः-
(क) रसायनको प्रकृति अनुसार उत्पादन स्थल र कार्यरत कामदारको लागि उपयुक्त सुरक्षा व्यवस्था र सम्भावित दुर्घटना सम्बन्धी आपतकालीन तयारीको प्रबन्ध मिलाउनु पर्ने,
(ख) उत्पादनस्थलमा खतरा जनाउने चिन्ह वा सङ्केत राख्नु पर्ने,
(ग) सम्बन्धित रसायन सम्बन्धी विषय विज्ञको प्रत्यक्ष निगरानीमा उत्पादन गर्नु पर्ने,
(घ) उत्पादन कार्यमा संलग्न कामदार तथा कर्मचारीलाई रासायनिक पदार्थबाट पुग्न सक्ने असर र जोखिमको बारेमा जानकारी दिनुको साथै त्यस्तो पदार्थ प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी सम्बन्धमा आवश्यक तालिमको व्यवस्था गर्नु पर्ने।